Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौ,मंसिर ।
आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो खेलमा नेपालले आज युएईको सामना गर्दैछ । अघिल्ला दुई खेलमा दुई अंक पाएको नेपालले तेस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र युएईबीचको खेल बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपाली समयअनुसार पौने १ बजे खेल सुरु हुनेछ । अघिल्ला दुई खेलमा अंक बाडेको नेपाल युएईविरुद्ध मैदान उत्रदा पहिलो जितको खोजिमा रहनेछ । छनोटको शीर्ष दुई स्थानमा पुग्ने सम्भावना बनाउन पनि नेपाललाई युएईविरुद्ध जित्नैपर्ने दबाब रहेको छ ।
नेपालले यसअघि आयोजक थाइल्याण्ड र हङकङसँग एक एक अंक बाँडेको थियो । टेर्डथाई मैदानमा भएको दुवै खेलमा वर्षा बाधक बनेको थियो । ६ टोली सहभागी छनोटमा नेपाल २ अंकसहित चौथो स्थानमा छ । यस्तै युएई २ अंक जोडेर नै पाँचौ स्थानमा छ । छनोटमा हङकङ र थाइल्याण्ड समान ३ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । यस्तै २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा रहेको छ । दुवै खेल हारेको चीन अंकबिहीन रहेर पुछारमा रहेको छ ।
युएईपछि नेपालले आफ्नो चौथो खेलमा मलेसियासँग शुक्रबार र अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ । राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको शीर्ष दुई टोलीले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ ।ग्लोबल क्वालिफयर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed