![]()
इलाम,मंसिर ।
नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेसका दर्जनौ कार्यकतालाई नेकपा एमालेमा प्रवेश गराउनुभएको छ । वाम गठबन्धनको चुनावी अभियानको क्रममा एमालेका वरिष्ठ नेता एंव प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रत्यक्ष तर्फका उम्मेदुवार खनालले ईगल जमुनामा आयोजित बृहत्त बेलामा नेपाली कांग्रेसका कार्यकर्तालाई पार्टीप्रवेश गराउनुभएको हो । भेला अघि वरिष्ठ नेता खनालको प्रमुख आतिथ्यतामा माईजोगमाई गाउँपालिकाको नयाँबजार,प्याङको पञ्चमीमा समेत चुनावी कार्यक्रम आयोजना गरिएको थियो ।

पार्टी प्रवेश गरेका तथा भेलामा सहभागिहरुलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले मुलुकको सम्बृद्धि नेकपा एमालेवाट मात्र सम्भव रहेको बताउनुभयो । उहाँले प्रदेश र प्रतिनिधिसभा निर्वाचनवाट वामगठबन्धनलाई दुईतिहाई मत प्राप्त हुने र यसले मुलुकको विकासको मुहान फुट्ने बताउनुभयो । उहाँले अब वाम गठबन्धनको सरकार बन्न बाट कसैले रोक्न नसक्ने र वामगठबन्धनको सरकार राजनीतिक स्थिरताका साथै मुलुक आर्थिक सम्बृद्धि तर्फ लैजाने बताउनुभयो ।
भेलालाई कार्यक्रममा माई जोगमाई गाउँपालिकाको अध्यक्ष जीत बहादुर राई , जिल्ला कमिटिका कार्यबाहक अध्यक्ष भत्त के.सी.,माओवादी केन्द्र का प्रदेश क.स.क.छवी राज राई,संघीय क्षेत्र नं.१को प्रदेश (क) का प्रत्यक्ष उमेरद्वार खिनु लङवा लिम्बुले पनि सम्बोधन गर्नुभएको थियो ।


