Breaking News.... EverestOnlineKhabar
October 2, 2026

बामगठबन्धनको बहुमत आए मुलुकमा निर्वाचन हुनै दिन्न, ओली र प्रचण्डका अभिव्यक्ति घातक : कांग्रेस

Loading

काठमाडौं । नेपाली काँग्रेसले बामगठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै नदिने दावी गरेको छ ।
बुधबार पार्टी निकट बुद्धिजीविहरुसंगको अन्तक्रियामा नेपाली काँग्रेसका नेता एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुनै नदिने गरी कम्युनिष्टहरुको सरकार बने ५० वर्षसम्म शासन गर्ने अभिव्यक्ति दिएबाटै उनीहरु के चाहन्छन भन्ने पुष्टि भएको तर्क गर्नुभयो ।

नेता खाणले पाँच वर्षका लागि हुने आवधिक निर्वाचनका बेला ५० वर्षसम्म शासन गर्ने कुरा गर्नुलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको बताउनुभयो । खाँडले भन्नुभयो, ‘५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिएर कम्युनिष्टहरुले मुलुकमा निर्वाचननै हुन नदिने षडयन्त्र गरिरहेको पुष्टि भएको छ । ’

काँग्रेस नेता खाँडले कानुन विपरित भएकाले सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग गरिएको ठेक्का सम्झौता रद्द गर्नु परेको प्रष्टीकरण पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed