![]()
एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले २१ औं शताब्दीको ड्रिम टिम घोषणा गरेको छ । युइएफएले मंगलबार शताब्दीको ड्रिम टिम ‘टिम अफ द सेन्चुरी’ को घोषणा गरेको हो ।
युइएफएले ‘अल्टिमेट टिम अफ द इयर’ नाम दिएर निकालेको सेन्चुरी टिममा स्पेनिस ला लिगा क्लबका खेलाडीको बर्चस्व रहेको छ । सेन्चुरी ड्रिम टिममा स्पेनिस ला लिगा नखेलेका तीन खेलाडीमात्र अटाएका छन् । यस्तै जर्मन बुन्डेस लिगाका खेलाडी समेत टिममा परेका छन् ।
सेन्चुरी टिमको फरवार्ड लाइन रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डो, बार्सिलोनाका अर्जे्िन्टनी फरवार्ड लियोनल मेस्सी र थिएरी हेनरीले सम्हाल्ने छन् । यस्तै टोलीको मिडफिल्डरमा इंग्ल्यान्डका पुर्व खेलाडी तथा लिभरपुलका पुर्व मिडफिल्डर स्टेभेन जेरार्ड, बार्सिलोनाका स्पेनिस खेलाडीद्वय जाभी र आन्द्रेइनिएस्टा रहेका छन् ।
सेन्चुरी अफ द टिमका डिफेन्स जर्मनका पुर्व खेलाडी तथा वायर्न म्युनिखका फिलिप लाहम, रियल मड्रिडका कप्तान तथा स्पेनिस सर्जियो रामोस, बार्सिलोनाका पुर्व स्पेनिस डिफेन्डर कार्लेस पियुल र बर्सिलोनाकै स्पेनिस डिफेन्डर जेरार्ड पिके रहेका छन् । टोलीको गोलरक्षकका स्पेनिस तथा रियल मड्रिडका पुर्व गोलरक्षक इकर कासिलासले सम्हाल्ने छन् ।


