Breaking News.... EverestOnlineKhabar
June 25, 2026

हङकङसंगको खेलमा पनि बर्षा बाधक भएपछि अंक बाँडियो

Loading

एजेन्सी । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको दोस्रो खेलमा नेपालले हङकङसँग अंक बाडेको छ । वर्षाको कारण मैदान खेल्न अयोग्य भएपछि खेल सुरु नहँुदै नेपाल र हङकङले अंक बाँडेका हुन् ।

बैंककस्थित टेर्डथाई मैदानमा तय भएको खेल सोमबार परेको वर्षाको कारण खेल्न अयोग्य भएको क्रिकेट एसोसिएसन अफ थाइल्याण्डले जनाएको छ ।

वर्षाले भिजेको मैदान नसुकेपछि खेलको टस समेत नभई अम्पायरले खेल रद्द भएको जनाएका थिए । खेल रद्द भएपछि दुवै राष्ट्रले एक एक अंक पाएको हो । यसअघि त्यहि मैदानमा नेपालले सोमबार वर्षाको कारण थाइल्याण्डसँग पनि अंक बाँडेको थियो ।

सोमबारदेखि सुरु भएको टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसँगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् । नेपालले अब तेस्रो खेलमा बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नेपालले आफ्नो चौथो खेलमा मलेसियासँग शुक्रबार र अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ ।

राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको शीर्ष दुई टोलीले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफयर्सको शीर्ष दुई टोलिले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed