Breaking News.... EverestOnlineKhabar
June 24, 2026

प्रकाशको निधनमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र पूर्वराजा शाहद्वारा दुःख व्यक्त, शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधनप्रति राष्ट्रपति बिद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्नुभएको छ ।

प्रकाशको निधनको खबर पाएलगत्तै राष्ट्रपति भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुग्नु भएको थियो । उहाँले प्रकाशका पीता एवम माओवादी अध्यक्ष प्रचण्डलाई भेटी समवेदना प्रकट गर्नुभएको थियो ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आफना मित्र एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका एकमात्र छोराको निधनको खबरले आफू स्तब्ध भएको जनाउँदै दाहाल र उनको परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि प्रचण्ड पुत्रको निधनमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले पार्टी कार्यालय पेरिसडाँडामा आफना सहयोगी पशुपतिभक्त महर्जनलाई पठाई शोक व्यक्त गर्नुभएको हो ।

राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा लगायत बिभिन्न दलका नेताहरुले पनि प्रकाशको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed