Breaking News.... EverestOnlineKhabar
August 17, 2026

प्रकाशको निधनले सिंगो पार्टी र आन्दोलनलाई क्षति : माओवादी केन्द्र

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनले सिंगो पार्टी र आन्दोलनलाई क्षती पुगेको जनाएको छ ।

माओवादी प्रवक्ता पम्फा भुषालले एक शोक वक्तव्य जारी गर्दै दाहालको निधनले पार्टीले युवा, जुझारु नेता गुमाएको जनाएकी छिन ।
वक्तव्यमा सानै उमेरबाट नै पार्टीमा सक्रिय साकार दाहाल (प्रकाश) २०५७ सालदेखि पार्टीको पुर्णकालिन भई केन्द्रीय कार्यलयमा पार्टी अध्यक्षको नीजि सचिवको जिम्मेवारीमा रहनुका साथै दुवै पटक प्रचण्ड प्रधानमन्त्री हँदा सचिवालयमा रहेर अत्यन्त जिम्मेवारी पुर्वक आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख छ ।

युद्धकालको कठिन र संघर्षमय अवस्थामा पनि विचलित नभई पार्टी गतिविधिमा निरन्तर प्रकाश सक्रिय रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.