Breaking News.... EverestOnlineKhabar
June 24, 2026

काठमाडौं १ मा कांग्रेस बलियो, जताततै प्रकाशमान, दिपेन्द्र र सुरजको हाइहाइ

Loading

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको जित सुनिश्चित देखिएको छ । मंसिर २१ गते हुने प्रतिनिधिशभा र प्रदेशशभा निर्वाचनका लागि जुन हिसाबको माहोल देखिएको छ त्यसले यो क्षेत्रमा कांग्रेसको एकछत्र राज हुने निश्चित भएको हो । निर्वाचन आउन अझै तीन हप्ता बाँकी भएपनि यो क्षेत्रका प्रतिनिधिशभा उम्मेदवार प्रकाशमान सिंह, प्रदेशमा (क)मा युवा नेता दिपेन्द्र श्रेष्ठ र (ख)मा युवा नेता सुरज चन्द्र लामीछानेले घरदैलो अभियान तीव्र पारेका छन ।

प्रदेश (क) मा उठेका उम्मेदवार श्रेष्ठले भने, ‘मतदाताको असिम माया पाएका छौं, जता जान्छौं उतै मतदाताको उत्साह, सहयोग र प्रेरणा पाएका छौं । यो क्षेत्रमा हामीले पुर्याएको सेवाले नै होला, हाम्रो जित लगभग निश्चित भैसक्यो । ’

श्रेष्ठ भन्छन, ‘मुलुकमा आर्थिक सुदृढीकरणको आवश्यकता छ । अति निम्न आय हुने र अनावश्यक रुपमा धेरै धन सम्पति संचय गर्ने बिच राष्ट्रले भिन्ना भिन्नै पूँजी परिचालका माध्यम निर्माण गरि सबैलाई सबल र सक्षम बनाउनु पर्नेछ । यसका लागि देशमा दीगो राजनीतिक सरकार हुनुपर्छ । त्यो कांग्रेसको सरकार भएमात्र सम्भव छ । ’

अब हुने केन्द्र र परदेशको निर्वाचनमा समाजलाई नजिकबाट हेरेका, चिनेका, समाजमा पर्ने हरेक समस्यासंग आत्मासाथ गर्ने युवालाई मतदाताले मत दिनुपर्ने श्रेष्ठको भनाइ छ । उनी भन्छन, ‘समाजमा भष्ट ठहरिएका लोकमान सिंह कार्की , चुडामणि शर्मा जस्ता छवि भएका, भ्रष्टहरुलाई संरक्षण दिने खालका उम्मेदवारबाट मतदाता सचेत हुन जरुरी छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed