Breaking News.... EverestOnlineKhabar
June 24, 2026

लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई जिताउन प्रधानमन्त्री देउवाको आग्रह

Loading

बाजुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने भएकाले नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गर्नुभएको छ ।

बाजुरामा पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसको विकल्प नभएको धारणा राख्दै भन्नुभयो,‘लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ, त्यसैले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउनुपर्छ ।’

कांग्रेस लोकन्त्रको रक्षाको गर्ने पार्टी भएकाले अबको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्दै देउवाले आफू फेरि प्रधानमन्त्री भएपछि सुदूरपश्चिमको विकासका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

थुप्रै सम्भावना बोकेको बाजुराको विकास र समृद्धिका लागि कांग्रेसको विकल्प नभएको उल्लेख गर्दै उहाँले मार्तडी थामलेख सडक कालोपत्रे गर्ने आश्वासन पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed