![]()
बिबिसि । श्रीलंकाको दक्षिणी भागमा पर्ने गल्ले जिल्लामा बौद्धधर्मावलम्बी र मुसलमान समूदायबीच हिंसा चर्किएको छ । झडपमा कम्तीमा १९ जना पक्राउ परेका छन् ।
हिंसात्मक क्रियाकलापको कारण गल्ले जिल्लाको ६ ओटा इलाकामा कर्फ्यु लगाइएको र कम्तीमा १९ जना पक्राउ परेको श्रीलंकाली प्रहरीले जनाएको छ ।
शनिवारबाट कर्फ्यु हटाइएपनि सुरक्षाको दृष्टिकोणबाट सम्वेदनशिल मानिएका ती इलाकाहरुमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।
झडप भएका ठाँउहरुमा सयौंको संख्यामा सुरक्षा अधिकारीहरु तैनाथ रहेका छन् । दुई समू्हबीच भएको विवादको केही समयपछि हिंसात्मक झडपमा परिणत भएको बताइएको छ ।
झपडमा परी कयौं व्यक्तिहरु घाइते भएका र स्थानीय भवनहरु पनि क्षतिग्रस्त भएका छन ।


