![]()
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम बिष्फोट भएको छ । बम हटाउने क्रममा दोहोरो भिडन्त समेत भएको थियो । टाइम वम पड्किदा छर्रा लागेर एक जना घाइते भएका छन् । एमाले कार्यकर्ता विक्रम राई घाइते भएका हुन । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।
टाइम वम हटाउने क्रममा पड्किएपछि दोहोरो भिडन्त भएको र त्यसक्रममा असई उमेस मेहेता र टेकनारायण चौधरी घाइते भएका छन ।
यस्तै, साल्पा सिलोचो गाउँपालिका २ कुलुङ्गमा भैरहेको बामगठवन्धनको आमसभामा पनि वम पड्किएको छ । सभामा नै वम पड्कीएपछि सभा बिथोलिएको थियो । घटनामा कुनै क्षति भने नभएको जनाइएको छ ।


