Breaking News.... EverestOnlineKhabar
June 24, 2026

एनालग केवल टेलिभिजन बन्द गर्ने निर्णय लागु भएन

Loading

काठमाडौं । राजनीतिक दलको दबाबमा सरकारले एनालग केवल टेलिभिजन बन्द गर्ने निर्णय हाललाई स्थगित गरेको छ । यसअघि बन्द गरिएको एनालग टेलिभिजनबाट पनि अब च्यानल प्रशारण हुनेछन् ।

सरकारले बुधबार ८ वटा, बिहीबार ३ वटा र शुक्रबार ६ वटा एनालग टेलिभिजन बन्द गरिसकेको थियो । सुविसु, स्पेस्टाइम नेटवर्क, स्काई केवल नेटवर्क, सीईसी, टिभी लिंक, काठमाडौं केवल, जावलाखेल नेटवर्क लगायतका एनालग केवलको सरकारले स्वीचअफ गरेको हो ।

काठमाडौंमा २८ वटा एनालग केवल टेलिभिजन नेटवर्क रहेका छन् । बाँकी रहेका एनालग केवल पनि बन्द गर्दै जाने मन्त्रालयले बताएको थियो । काठमाडौं उपत्यकापछि बाहिरका पनि सबै महानगर, उपमहानगर र नगरपालिकामा सञ्चार मन्त्रालयले यो नियम लागु गर्ने सरकारको तयारी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed