Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

रोल्पा । निर्वाचनका उम्मेदवारसहित दलका नेताहरुमाथि आक्रमणकोक्रम अझै रोकिएको छैन । गृहमन्त्रालयले सुरक्षा व्यवस्था चुस्त पारेको जनाएपनि दैनिक बम बिष्फोटनका घटना बढिरहेका छन ।

शुक्रवार रोल्पामा पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ । पूर्वसभामुख घर्तीसहित माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईओटा बम प्रहार भएको हो । उनीहरू फरक–फरक गाडीमा सवार थिए ।

लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रहरीको स्कर्टिङमा जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट बम प्रहार भएको हो ।

घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed