Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौ,३० कार्तिक ।
काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा आज धेरैजसो तरकारीको भाउ घटेको छ । बजारमा तरकारीको भाउ किलोमा ५ रुपैयाँदेखि ६० रुपैयाँसम्म घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार बिहीबार हरियो धनियाँ किलोमा ६० रुपैयाँ घटेर ३ सय २५ रुपैयाँ, ४५ रुपैयाँ घटेर रायोको साग किलोको १३ रुपैयाँ, किलोमा ३० रुपैयाँ घटेर भेडे खुर्सानी ४८ रुपैयाँ थोक मूल्यमा झरेको छ ।
यस्तै भाउ घटेर ठूलो गोलभेंडा किलोको ८८ रुपैयाँ, सानो गोलभेडा ६२ रुपैयाँ, रातो आलु ३८ रुपैयाँ, सेतो आलु ३३ रुपैयाँ, बन्दा र काउली ६२ रुपैयाँ, बोडी ९२ रुपैयाँ, करेला र भिन्डी ७२ रुपैयाँ तथा ब्रो काउली किलोको ८८ रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको छ भने भाउ बढेर सुकेको प्याज किलोको ६७ रुपैयाँ थोक मूल्य पुगेको छ ।
अरु तरकारीको भाउ भने हिजोजस्तै छ । बजारमा आज गाँजर किलोको ९८ रुपैयाँ, मूला २८ रुपैयाँ, भन्टा, हरियो फर्सी र परवर ५८ रुपैयाँ, मटरकोशा १ सय ५ रुपैयाँ, घिउसिमी ७२ रुपैयाँ, लौका र बरेला ४२ रुपैयाँ, पाकेको फर्सी २२ रुपैयाँ र स्कूस किलोको १३ रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed