Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अष्ट्रेलियामा समलिङ्गी विवाहलाई मान्यता, अब कानून बनाउने तयारी

Loading

बिबिसि । अष्ट्रेलियाले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पक्षमा मतदान गरेको छ । हुलाकमार्फत गराइएको एउटा निर्वाचनमा ६१ दशमलव ६ प्रतिशत मतदाता समलिङ्गी विवाहको पक्षमा उभिएका छन । मतदानमा व्यक्त धारणा कार्यान्वयन गर्न चाहिँ बाध्यकारी हुनेछैन् ।

चुनावी परिणामपछि अष्ट्रेलियाको सरकारले यसै वर्षको अन्त्यसम्म त्यससम्बन्धी कानून ल्याउने जनाएको छ । आठ हप्ताको चुनावका क्रममा झण्डै ८० प्रतिशत अर्थात् एक करोड २० लाख मतदाताले मतदान गरेका थिए । मतपरिणाम घोषणा हुँदाको वातावरण एकदमै उत्साहजनक रहेको थियो ।

मध्य सिड्नीमा ठूला स्क्रिनमा परिणाम घोषणा भएको हेर्न जम्मा भएका हजारौं मानिसले खुसियाली मनाएका थिए । महिनौंको विभाजनकारी बहस र दशकौँ लामो अभियानपछि समलिङ्गी जोडीहरुले अहिले अष्ट्रेलियाका नागरिकको साथ पाएका छन् । अबको चरणमा राजनीतिज्ञहरुले नयाँ कानून पारित गर्नुपर्ने हुन्छ ।

यसै वर्षको अन्त्यसम्म त्यस्तो कानून ल्याइसक्ने अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले बताएका छन् ।
धार्मिक स्वतन्त्रता र शिक्षा लगायतमा कट्टर विचार राख्ने संसद्का अनुदारवादी सदस्यहरुले नयाँ कानून ल्याउने प्रयासलाई चुनौती दिनसक्ने ठानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed