![]()
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो ।
आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डे पनि पक्राउ परेका हुन ।
वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको अनुसन्धानमा खुलेको छ । उनीहरुलाई पाण्डेले नै परिचालन गरेको अनुसन्धानबाट खुलेको थियो । पाण्डे यही आउँदो मंसिर ६ गते अवकाश लिने तयारीमा थिए ।


