![]()
एजेन्सी । भारतिय कमेडी फिल्म ‘गोलमाल एगेन’ यो बर्ष २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड फिल्म बनेको छ । यो फिल्मले यो हप्ता भारतीय बक्स अफिसमा २ सय करोडको कमाईको आँकडा पार गरेको छ ।
बलिउडमा २ सय करोड क्लबमा प्रवेश गर्ने खान बाहेकका नायकमा अजय देवगणले आफ्नो नाम लेखाएका छन् । अहिलेसम्म, २ सय करोड क्लबमा नायक आमिर खान, सलमान खान र साहरुख खानको मात्र नाम थियो ।
चलचित्रले २ सय करोड कमाएपछि अहिले यसको टिम सेलिव्रेशनमा रमाइरहेको छ । तिहारमा रिलिज भएका कारण पनि चलचित्रले त्यसको मौकाको फाइदा लिएको थियो ।


