![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धन भत्काउन विदेशीहरुले चलखेल सुरु भएको बताउनु भएको छ ।
काठमाडौं–२ को थलीमा आयोजित चुनाव तयारी भेलालाई सम्बोधन गदैै नेता नेपालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुटाउन विदेशीहरुले चलखेल गरिरहेको बताउनु भएको हो ।
वामपन्थीको नेतृत्वमा स्थीर सरकार बन्ने र त्यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित देखिएपछि विदेशी शक्तिहरु दैनिक गठबन्धन टुटाउने गतिविधिमा संलग्न भैरहेको उहाँले बताउनुभयो । उहाँले चुनाव सकिएलगत्तै एकीककरण प्रक्रियालाई पूर्णता दिइने जानकारी पनि दिनुभयो ।
वामपन्थी एकताबाट अत्तालिएको कांग्रेसले गोयबल्स शैलीमा अधिनयाकवाद आउने भ्रमपूर्ण प्रचार गरिरहेको उहाँको आरोप छ ।


