![]()
बिबिसि । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३५० पुगेको छ ।
इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७.३ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा ३५० जनाको मृत्यु हुनुका साथै हजारौं मानिस घाइते भएका छन् ।
घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने निश्चित छ । भूकम्पपछि दुवै देशका सीमावर्ती क्षेत्रका कयौं भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ ।
एक इरानी सहायता संस्थाले भूकम्पपछि त्यहाँको विद्युत् र सन्चार सेवा अबरुद्ध भएको उल्लेख गर्दै तत्काल करिव ७० हजार मानिसहरुलाई आवास आवश्यक रहेको बताएको छ । भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएको र उनीहरु सडकमै बसिरहेका छन ।
इराकको राजधानी बग्दादका नागरिक प्रार्थनामा जुटेका छन् । इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तिमा पनि ८ ओटा गाउँमा ठूलो क्षति पुगेको छ ।
इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो ।


