Breaking News.... EverestOnlineKhabar
August 14, 2026

हिन्दू राष्ट्रको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाअर्चना

Loading

काठमाडौं । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दू राष्ट्रको कामना गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेको छ ।

पार्टी अध्यक्ष लोहनीसहितको समूहले मन्दिर परिसरमा पूजा शुभारम्भ गरेको हो । कार्यक्रममा नेता लोहनीले मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिको अभ्यासलाई निरन्तरता दिन हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए ।

जनताको चाहना विपरीत जबर्जस्ती लादिएको धर्म निरपेक्षको औचित्य नरहेको बताउँदै उनले देशमा करिब ८० प्रतिशत हिन्दू धर्मावलम्बी भएको हुँदा उनीहरूको भावनालाई सम्बोधन गर्न चाँडो हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताए ।
पूजामा पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed