Breaking News.... EverestOnlineKhabar
August 14, 2026

आइजीपी अर्यालले प्रहरी अधिकारीहरुलाई थर्काउँदै भने,–‘आइजीपी फेर्ने समाचार प्रकाशन गर्न लगाएर के गर्न खोजेको हो ?’

Loading

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले आफूलाई फेर्न लागेको कुरा निराधार भएकाले हल्लाको पछाडी नलाग्न मातहतलाई निर्देशन दिएका छन् ।

प्रहरी मुख्यालयमा निर्वाचन सुरक्षा ‘ब्रिफिङ’ का लागि भनेर बोलाईएको बैठकमा उनले भने, –‘‘चुनाव आईरहेको छ । तपाईहरु आईजीपी फेर्ने ध्याउन्नमा लाग्नु भएको छ । आइजीपी फेर्ने काम तपाइँहरुको हो ? प्रहरी निरीक्षकसम्मका दर्जा आईजीपी फेरिन्छ भन्दै हिंडेको सुनेको छु । कारवाहीका लागि तयार रहनुस । ’

‘सुपर हिरोईज्मका लागि सामाजिक सञ्जालमा आईजीपी फेर्ने समाचार प्रकाशन गर्न लगाएर के गरेको ? कसैले कसैलाई बनाउने होइन ।’ बैठकमा अर्यालले भने ।

आइजीपी अर्यालले कुरा भन्दा काममा लाग्न सबैलाई निर्देशन दिए । उनले भने,‘ निर्वाचनमा आम नागरिकको चाहना ढुक्कले मत हाल्न पाउनुपर्छ भन्ने छ । यसमा नेपाल प्रहरीको भूमिका अहम र विशिष्ठ छ । निर्वाचन सुरक्षाको मात्रै पछि लाग्दा अन्य अपराधले प्रशय पाउला, सबैतर्फ सतर्कता अपनाउनुहोस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed