Breaking News.... EverestOnlineKhabar
August 14, 2026

साउदी पुगेर राजीनामा घोषणा गरेका लेवनानका प्रधानमन्त्री स्वदेश फर्कने

Loading

एजेन्सी,२७ कार्तिक ।
साउदी अरेबिया पुगेर राजीनामाको घोषणा गरेका लेवनानका प्रधानमन्त्री साद हरिरीले केही दिनभित्रै स्वदेश फर्कने बताएका छन् । रियादबाट फ्युचर टिभीमा बोल्दै प्रधानमन्त्री हरिरीले आफूलाई कसैले बन्धक बनाएर नराखेको भन्दै चाँडै स्वदेश फर्कने बताएका हुन् ।
उनले आफ्नो र परिवारको सुरक्षाका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिएको र कसैको दबाबमा नपरेको बताएका छन् ।
लेवनानका राष्ट्रपतिसहित अन्य नेताहरुले भने हरिरीलाई साउदी अरबको राजधानी रियादमा उनलाई बन्धक बनाएर राखिएको आरोप लगाएका थिए ।
प्रधानमन्त्री पदबाट अनाचक राजीनामा दिएपछि सञ्चारसम्पर्कभन्दा टाढै रहेका हरिरीले पहिलो पटक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीको राजीनामापछि लेवनानमा खैलावैला भएको थियो । हरिरीले राजीनामा दिनुको मुख्य कारण हिज्बूलाह जिम्मेवार रहेको बताएका थिए । प्रधानमन्त्री हरिरीले दिएको राजीनामा अझै स्वीकृत भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed