![]()
एजेन्सी,२७ कार्तिक ।
स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले लुइस स्वारेजको स्थानमा बार्सिलोनाले नयाँ खेलाडी चाहेको तर लियोनल मेस्सीले त्यसलाई रोकिराखेको आरोप लगाएका छन् ।
बार्सिलोना र रियल मड्रिड दुबै टिमले जनवरीमा नयाँ खेलाडी अनुबन्ध गर्ने प्रयास गरिरहेका बेला रोनाल्डोले यस्तो बताएका हुन् । स्वारेज यो सिजन राम्रो खेल्न सकेका छैनन् । यो सिजन उनले अहिलेसम्म तीन गोल मात्र गरेका छन् । यस्तोमा बार्सिलोनाले एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यान ल्याउन चाहेको तर मेस्सीले स्वारेजको विकल्प स्वीकार नगरेको रोनाल्डोको दाबी छ ।
मेस्सीले स्वारेजको भविष्यको चिन्ता गर्दै उनको स्थानमा नयाँ खेलाडी नचाहेको पनि खबरमा उल्लेख छ ।बार्सिलोनाले स्वारेजको खराब प्रदर्शनका लागि मात्र नयाँ खेलाडी खोजेको नभई भविष्यसम्मका लागि कोही युवा खेलाडी चाहेको छ । स्वारेजले आफूले राम्रो खेलिरहे पनि गोल हुन नसकेको देख्दा अचम्म लागेको बताएका छन् ।


