![]()
बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमीर पुटिन सिरियामा सक्रिय इस्लामिक अतिवादी समूह आइएसलाई परास्त गर्ने विषयमा सहमत भएका छन् ।
भियतनाममा जारी एसिया प्यासिफिक सम्मेलनमा साइडलाइन वार्तापछि विज्ञहरुले यस्तो सहमति तयार पारेका हुन् । दुई नेताबीच सिरियाको द्वन्द्वको सैन्य समाधान नभएकोमा पनि उनीहरुबीच सहमति भएको छ । अमेरिकाले भने सहमतिका विषयमा तत्काल कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
रुसले सिरियाली सरकारलाई समर्थन गरेको छ भने अमेरिकाले सरकारविरुद्ध सक्रिय समूहलाई सहयोग गर्दै आएको छ । पछिल्लो समय अमेरिका र रुसबीचको सम्बन्ध सन्तुलित बन्न सकेको छैन ।
गत वर्षसम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी संलग्नताका बारेमा अमेरिकामा अनुसन्धान चलिरहेको छ । तर, रुसले भने आरोप अस्वीकार गर्दै आइरहेको छ ।


