Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

यो बर्षको मिस टुरिजम २०१७ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन । फाइनलमा मिस पब्लिक च्वाइसको उपाधि पनि पाउँदै मिन टुरिजम बन्न सफल भइन ।

फाईनलमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले सोध्नुभएको अवको दश वर्ष पछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ भन्ने प्रश्नको उत्तर दिएर आरतले मिस टुरिजम–२०१७ को उपाधी जितेकी हुन ।
थापालाई मिस टुरिजम २०१६ ओरुसा थापाले ताज लगाईदिईन । बिजेता थापाले नगद पचास हजार सहित बिभिन्न पुरस्कार प्राप्त गरिन् ।

त्यसैगरी मिस पर्सनालिटी र मिस स्माइलसहित मिस टुरिजम फस्ट रनर अपको उपाधि काठमाडौंकी क्रिस्टिना श्रेष्ठले जितिन् । मिस फिगर र मिस फोटोजेनिकसहित सेकेण्ड रनर अपरको उपाधि एन्जी लामाले जितिन् ।

फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः नगद ३० र २० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै मिस वाक पल्लवी सुवाल, मिस डिसिप्लिन रोमा खड्का, मिस इन्टेलिजेन्ट सुजाता लामा, मिस ट्यालेन्ट रोशनी गौतम र मिस फ्रेण्डसिपको उपाधी युना राईले जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed