![]()
बिबिसि । एशिया भ्रमणकोक्रममा चीन पुगेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका चिनियाँ समकक्षी सि जिनपिङसँग उत्तर कोरियाबारे छलफल गरेका छन । छलफलबारे जानकारी दिंदै राष्ट्रपति ट्रम्पले सि जिनपिङ र आफूले उत्तर कोरिया संकटको समाधान सम्भव भएको विश्वास गरेको प्रतिक्रिया दिएका छन ।
राष्ट्रपति ट्रम्पले द ग्रेट हल अफ द पीपलमा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरेपछि प्रतिक्रिया दिएका हुन । उनले अमेरिका र चीनबीचको व्यापार दुवै देशका लागि सन्तुलित बनाउने समेत बताए ।
राष्ट्रपति ट्रम्पले अघिल्लो अमेरिकी प्रशासनले व्यापारमा चिनियाँ हात माथि पर्न दिएको भन्दै आलोचना गरे । त्यसअघि छुट्टै समारोहमा दुई नेताहरु अरबौं डलरको रणनीतिक औद्योगिक सहकार्यको दस्ताबेजमा हस्ताक्षरको साक्षी बनेका थिए ।
राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्मानमा राजकीय रात्रीभोज आयोजना गर्दैछन् ।


