Breaking News.... EverestOnlineKhabar
June 24, 2026

विप्लव माओवादीमाथी प्रहरीको कडा निगरानी, नेपाल कम्युनिष्ट पार्टीका दुई जना नेता पक्राउ

Loading

रोल्पा,२३ कार्तिक ।
चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ र जिल्ला सेक्रेटरी सन्तोस सुवेदी‘प्रयास’लाई पक्राउ गरेको छ । आउँदो मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई असर पर्ने काम गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय रोल्पाले विशेष सुरक्षा निगरानीको गरेर जिल्ला इन्चार्ज खत्रीलाई सदरमुकाम लिबाङ र सेक्रटेरी सुवेदीलाई सुवर्णावती गाउँपालिका–३ मिझिङबाट पक्राउ गरेको रोल्पाका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । मतदाताहरुलाई त्रास देखाएको आरोपमा प्रहरीले दुवैलाई गिरफ्तार गरेको जनाएको छ ।

पक्राउ परेका सुवेदी काठमाडौं–६ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीका जेठा छोरा हुन् । चुनाव विरोधी गतिविधिमा लाग्ने जोकोहीलाई पक्राउ गर्ने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।
यसैबीच,प्रहरीले बुधबार नै रोल्पा नगरपालिका–२ सातदोबाटोमा गाडी जाँचको क्रममा कटुवा पेस्तोलसहित माडी गाउँपालिका–३ का श्यामबहादुर घर्तीमगर र रामसिंह घर्तीमगरलाई पक्राउ गरेको छ । उनीहरु को हुन र किन हतियार लिएका हुन भन्ने बारे अनुसन्धान भइरहेको पनि डिएसपी फुयाँलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed