![]()
काठमाडौं । त्रिभुवन विमानस्थलबाट दुई किलो चरेशसहिहत युक्रेनी नागरिक पक्राउ परेका छन् । प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोको टोलीले ४२ वर्षीय ओलेक्सी लोलेन्कोलाई पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थलमा जेट एयरवेजको ६५२ नम्बरको को उडानमा मुम्बई हुँदै यूक्रेन जान लागेका ओलेक्सीको सुटकेशमा चरेश भेटिएको हो । प्रहरीले चेकजाँचका क्रममा चरेश भेटेको जनाएको छ ।
ओलेक्सीले सुटकेश भित्रको स्टाइलिस्ट स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिब्बामा चरेस लुकाइ राखेका थिए । ओलेक्सीलाई लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा राखेर थप अनुसन्धान भैरहेको छ ।


