Breaking News.... EverestOnlineKhabar
June 25, 2026

तरकारीको आपूर्ति घटेपछि राजधानीमा मूल्य आकासियो, उपभोक्ता ठगिदै

Loading

काठमाडौं । राजधानीमा तरकारीको मूल्य झनझन बढेको छ । मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि तरकारीको मूल्य दोब्बर भन्दा बढी भएको हो । कालीमाटी तरकारी तथा फलफुल विकास समितिका अनुसार दशैं र तिहारपछि तरकारीको आपूर्तिमा ५० प्रतिशतले कमी आएको छ ।

यतिबेला सर्वसाधारणको भान्सादेखि उपत्यकाको पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दशैंअघिको तुलनामा दोब्बरले बढेको छ ।

सानो गोलभेंडा थोकमा प्रतिकेजी ७८ रुपैयाँ भए पनि बजारमा एक सय ४० भन्दा बढी छ । गत वर्ष कात्तिकमा सानो गोलभेंडाको सरदर मूल्य ३७ रुपैयाँ किलो थियो ।

प्याज प्रतिकेजी थोक मूल्य ६७ रुपैयाँ रहेकोमा खुद्रा बजारमा एक सयभन्दा माथि रहेको छ । गत वर्ष कात्तिकमा प्याजको सरदर मूल्य २३ रुपैयाँ किलो थियो । थोक मूल्यमा आलु ४४ रुपैयाँ किलो छ । तर, बजारमा ७० देखि ८० रुपैयाँको हारहारीमा बिक्री हुँदै आएको छ । गाँजर प्रतिकेजी ९२ रुपैयाँ छ । बन्दा ६८ रुपैयाँ छ । यसको मूल्य अघिल्लादिनको तुलनामा २० प्रतिशतले बढेको छ ।

तरकारीको थोक र खुद्रा मूल्यको अन्तरको यो एउटा सामान्य उदाहरण मात्र हो । सबैजसो तरकारीको खुद्रा मूल्य व्यवसायी आफैंले निर्धारण गर्दा पनि उपभोक्ता ठगिएका छन् । खुद्रा व्यापारीको मनलाग्दी मूल्य निर्धारणले उपभोक्ता महँगीको मारमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed