Breaking News.... EverestOnlineKhabar
August 15, 2026

एप्पललाई पछि पार्दै गुगल विश्वकै मूल्यवान ब्राण्ड

Loading

एजेन्सी । Brand Finance ले विश्वका सर्वाधिक मूल्यवान ५ सय ब्राण्डको नयाँ सूची सार्वजनिक गरेको छ । बेलायतको भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्राण्ड फाइनान्सले विश्वका हजारौँ ब्राण्डहरुलाई विभिन्न मापदण्डका आधारमा मूल्यांकन गर्दै वर्षेनी सबैभन्दा मूल्यवान ५ सय ब्राण्डको सूचि सार्वजनिक गर्दछ ।

यो वर्षको सूचिमा गुगलले एप्पलको ५ वर्षदेखिको प्रभुत्वलाई तोड्दै विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । गत वर्ष एप्पलको ब्राण्ड भ्यालू १ सय ४५ अर्ब ९० करोड डलरबाट घटेर १०७ अर्ब १० करोडमा झरेपछि गुगल सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed