![]()
एजेन्सी । हिन्दी चलचित्र ‘बाहुबली’वाट चर्चाको शिखरमा पुगेका साउथका सुपरस्टार प्रभासले अर्को हिन्दी फिल्म ‘साहो’को एक दृश्य खिच्न ३६ घण्टा लगाएका छन । नायिक श्रद्धा कपुरसंग चलचित्र छायाङ्कनमा व्यस्त रहेका नायक प्रभासले निर्देशकले ओके गरेपनि सो दृश्य आफूले मन नपराएपछि रिसुट गर्नेक्रममा ३६ घण्टा लगाएका हुन ।
चलचित्रको सुरुवातमा प्रभास पैदलै आउनुपर्ने दृष्य थियो । सुटिङ भयो तर, प्रभासले मन पराएनन् र निर्देशकलाई फेरि छायांकन गर्न आग्रह गरे । एउटा दृष्य सुटिङ गर्न मात्रै ३६ घण्टा लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । ‘साहो’ काम गर्नकै लागि प्रभासले १० किलो तौल घटाएका थिए ।
अर्को अचम्म लाग्दो कुरा के छ भने, सुटिङको समयमा प्रभास र नायिका श्रद्धा कपुर बाहेकलाई मोबाइल फोन प्रयोग गर्न दिइएको छैन । चलचित्र निर्देशक सजितले चलचित्रको कुनै पनि दृष्य सार्वजनिक नहोस् भनेर अन्य प्राविधिकलाई मोबाइल प्रयोगमा बन्देज लगाएको बताए । स्टिल फोटो पनि कतै प्रयोग नगर्न निर्देशकले निर्देशन दिएका छन् । उनले सुटिङ स्पटमै एउटा लकरको ब्यबस्था गरेका छन् ।


