![]()
काठमाडौं । यही कात्तिक २२ गतेदेखि काठमाडौंमा हुन गैरहेको राष्ट्रिय कराते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल कराते महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
प्रतियोगिता कात्तिक २२ देखि २४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ । प्रतियोगितामा ५ विकास क्षेत्र र तीन विभागीय टिमका १ सय ८४ जना खेलाडीले भाग लिनेछन् । प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ८ तथा दुवैतर्फ एकल र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताबाट २३ जना उत्कृष्ट खेलाडी राष्ट्रिय टिममा छनोट हुनेछन् । २०१८ मा हुने १७ औं एसियाली खेलकुद प्रतियोगिता, २०१९ मा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता र २०२० मा हुने ओलम्पिक खेलुकदलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।


