Breaking News.... EverestOnlineKhabar
August 15, 2026

प्रकाशमानको घरदैलो अभियान सोमबारबाट सुरु, सबैलाई भने,– ‘मलाई जिताउनुहोला ’

Loading

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मध्यबानेश्वरस्थित कात्यानी मन्दिरमा पूजाआजा गरेर चुनावी घरदैलो अभियान सुरु गरेका छन् ।

पत्नी सिर्जना र नेता कार्यकर्ताहरुसहित सिंह मन्दिर पुगेका थिए । प्रकाशमानले मन्दिरमा टीका र प्रसाद ग्रहण गरेपछि स्थानीयबासीलाई भेट्दै र हात मिलाउँदै भोट माग्न सुरु गरे । उनले सबैलाई भने, ‘नेपाली कांग्रेसलाई भोट दिनुहोला, मलाई जिताउनुहोला ।’

सिंहले क्षेत्र नम्बर १ का जनता बहकाउमा नलागेर आफूलाई भोट दिने विश्वास व्यक्त गरे । उनले भने, ‘यहाँ क्रान्तिकारी पार्टीका नेताहरु आएकै हो, उहाँहरुको गति के भयो ?’ विवेकशील साझा पार्टीप्रति संकेत गर्दै उनले नयाँ पार्टीले केबल नारामात्र दिने तर काम गर्न नसक्ने दाबी गरे ।

‘पुराना पार्टीहरुको जुन अनुभव छ त्यो नयाँ पार्टीहसँग हुँदैन। देश विकास टेस्टेड पार्टीहरुले मात्रै गर्नसक्छ,’ प्रकाशमानले भने, ‘राजनीति रत्नपार्कमा बसेर चटकेले चटक देखाएजस्तो होइन ।’ सिंहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed