![]()
सिन्धुली,२० कार्तिक ।
सिन्धुलीको खुर्कोटबाट खाङसाङका लागि छुटेको बा ७ च २६९५ नम्बको जिप फिक्कल गाउँपालिका–४ टर्कीबेसीमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
आइतबार राति भएको दुर्घटनामा फिक्कल गाउँपालिका–४ का ४० वर्षका अम्बरबहादुर दर्लामी, ४० वर्षकै रामप्रसाद बराल, ५९ वर्षका दीपबहादुर मगर र ६० वर्षका नरबहादुर बलम्पाकीको ज्यान गएको ज्यान गएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिएका छन् ।
उनका अनुसार घाइते ७ जनाको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । गाडी चालक यज्ञ राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।


