Breaking News.... EverestOnlineKhabar
October 2, 2026

वामगठबन्धनको घोषणा पत्रःकांग्रेस श्रमजीवीविरोधी, राजपाभन्दा फोरमप्रति लचिलो

Loading

काठमाडौ,१८ कार्तिक ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले आफ्नो घोषणापत्र तयार पारेको छ। गठबन्धनले घोषणापत्रमा समृद्धिका २५ कार्यक्रमसहितका योजनाहरु प्रस्तुत गरेको छ। घोषणापत्रमा वाम गठबन्धनले कांग्रेसलाई पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टीको रुपमा इंगित गर्दै उसलाई श्रमजीवि जनताको विरोधी र लोकतन्त्रलाई आफ्नो स्वार्थ अनुकुल परिभाषित गर्ने गरेको आरोप लगाएको छ।
वाम गठबन्धन मधेस केन्द्रित दल राजपाप्रति अलि बढी आलोचक भएको छ भने संघीय समाजवादी फोरमप्रति नरम छ। राजपालाई सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी भनेको छ भने संघीय समाजवादी फोरमलाई राष्ट्रियस्तरमा विस्तारित हुन प्रयाशरत तराई–मधेश आधारित पार्टीको रुपमा चित्रित गरेको छ।
राप्रपालाई भने राजतन्त्रात्मक व्यवस्थाका समर्थक र त्यसलाई पुनर्स्थापना गर्न चाहनेहरुको पार्टीको रुपमा वाम गठबन्धनले लिएको छ।‘राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी हो’ वाम गठबन्धनको घोषणापत्रमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed