Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काठमाडौ,१८ कार्तिक ।
प्रहरीले काठमाडौंको खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीनजनालाई ५६ लाख ८० हजार रुपैयाँसहित पक्राउ गरेको छ । हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत खुलाउन नसकेको रकमसहित उनीहरूलाई पक्राउ शुक्रबार गरेको हो ।
पक्राउ पर्नेमा बागलुङ पैँयुँ पथान गाउँपालिका घर भई काठमाडौं धापासी बस्ने पूर्ण थापा, बाग्लुङ बुर्तिबाङ–१ घर भई काठमाडौं बालाजु बस्ने प्रदीप छन्त्याल र मोरङ कानेपोखरी नगरपालिका–३ घर भई काठमाडौं लैनचौर बस्ने कुलदीप चौधरी रहेको प्रहरीले जनाएको छ ।
बरामद रकममध्ये थापाका साथबाट ३९ लाख, छन्त्यालका साथबाट १३ लाख ५० हजार र चौधरीका साथबाट चार लाख ३० हजार रुपैयाँ बरामद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed