Breaking News.... EverestOnlineKhabar
June 27, 2026

काठमाडौं १ मा प्रकाशमान र मिश्रलाई चुनौती दिंदै माओवादीका युवा नेता अनिल शर्माको उम्मेदवारी दर्ता

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन । माओवादी नेता जनार्दन शर्माका भाई समेत रहेका शर्मा केही समयअघि क्रान्तिकारी बिद्यार्थी संगठनको अध्यक्षमा रञ्जित तामाङसंग थोरै मतले पराजित भएका थिए ।

युवा नेता शर्मालाई माओवादी केन्द्र र नेकपा एमालेले बामपन्थी गठवन्धनको साझा उम्मेदवारकारुपमा क्षेत्र नम्बर १ मा पठाएको हो । शर्माले बिहीबार दिउँसो आफनो समर्थकहरुको साथमा तामझामकासाथ उम्मेदवारी दर्ता गराएका हुन ।

काठमाडौं क्षेत्र नम्बर १ मुलुककै चासो भएको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह सो क्षेत्रका बलियो उम्मेदवार हुन । बिवेकशील साझा पार्टीका रविन्द्र मिश्र पनि सोही निर्वाचन क्षेत्रमा बलियो उम्मेदवारका रुपमा आएपछि रोचक भिडन्त हुने निश्चित भएको छ ।

बामगठवन्धन निर्माणपछि काठमाडौं १ मा प्रकाशमान र रविन्द्रलाई अनिलले धक्का दिने आंकलन गरिएको छ । सो क्षेत्रमा माओवादी र एमालेको भोट मात्रै पनि अनिलले प्राप्त गरे उनले सिंह र मिश्रको पसिना छुटाउनेछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.