Breaking News.... EverestOnlineKhabar
June 27, 2026

प्रधानमन्त्रीको निर्देशनपछि मूल्यबृद्धि फिर्ता

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखमा मूल्यबृद्धि गरेको भन्दै ठाडो हस्तक्षेप गरेपछि नेपाल आयल निगमले इन्धनमा गरिएको मूल्यबृद्धि फिर्ता लिएको छ ।

निगमले बधुवार रातीबाट पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढाएको थियो । प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा मूल्यबृद्धि गर्दा मतदातामा नकारात्मक अशर पर्ने भन्दै मूल्यबृद्धि फिर्ता लिन निर्देशन दिएका थिए ।

भारतीय आयल कार्पोरेशनबाट प्राप्त नयाँ मूल्यअनुसार मूल्य समायोजन गर्दै आएको निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासको सिलिन्डरमा २५ रुपैयाँले मूल्य बढाएको थियो । अब पुरानै मूल्य अनुसार खाना पकाउने ग्यासको मूल्य एक सिलिन्डरको १३ सय २५, पेट्रोल लिटरको ९८, डिजेल र मट्टितेलको मूल्य ७४ रुपैयाँ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.