![]()
काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले काठमाडौं १ बाट उम्मेदवारी दर्ता गराएका छन । मिश्रले आफनो पार्टीका नेता तथा समर्थकहरुको साथमा काठमाडौं राष्ट्रिय सभागृहमा प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिंदै मिश्रले देश बदल्ने हो भने यसपटक मतदाताहरुले आफ्नो मन बदल्नुपर्ने धारणा राखे । मतदाताले मन नबदलिकन देश बदल्न नसकिने उनले बताए ।


