![]()
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी मनोनयन दर्ता गराउनु भएको छ । मनोनयन दर्ता गराउन आफै जिल्ला जान नसकेपछि प्रधानमन्त्री देउवाले वारेस गणेश पन्तमार्फत उमेदवारी दर्ता गराउनु भएको हो ।
देउवका पूर्व स्वकीय सचिव पन्तले दिउँसो १ बजे उमेदवारी दर्ता गराउनु भएको हो । नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा ‘क’ बाट जिल्ला कार्यसमितिका पूर्व पार्टी सभापति रघुवर भट्ट र प्रदेश ‘ख’ बाट वर्तमान पार्टी सभापति कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फबाट कर्णबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।


