![]()
ललितपुर । पूर्व डिआइजी नवराज सिलवालले ललितपुर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । करिब एक महिना अघि मात्रै एमाले प्रवेश गरेका सिलवाल तामझामका साथ मनोनयन दर्तास्थल पुगेका थिए ।
उम्मेदवारी दर्ता गर्दैै उनले भने , ‘न्याय माग्न जनतामा आएको छु । जनताले मलाई न्याय गर्नेछन् । राज्यले गरेको अन्याय म जनताबाट माग्छु ।’
सिलवालले निर्वाचनपछि वामपन्थी सरकार बनेर देश विकास हुने समेत बताए । सिलवालको मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेसका उदयरशमशेर राणासँग हुनेछ ।


