![]()
काठमाडौं । महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ । कप्तान रुबिना क्षेत्रको नेतृत्वमा बिहीबार १४ सदस्यीय र तीन बैकल्पिक खेलाडी नाम घोषणा गरिएको हो ।
छनोट भएका खेलाडीमा कप्तान रुविनासँगै सीता राना मगर, ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुना भण्डारी र सोनु खड्का रहेका छन् । त्यस्तै, लक्ष्मी चौधरी, रितु कनोजिया, संगिता राई, काजोल श्रेष्ठ, र सव्नम राई पनि छनोट भएका छन् ।
बैकल्पिक खेलाडीमा कविता कुन्वार, रेखा रावल र नितु भण्डारी रहेका छन् ।
नोभेम्बर २० तारिखदेखि सुरु हुने टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसंगै नेपाल, हङकङ, युएई र चीन गरी ५ राष्ट्र रहेका छन् । नेपालले पहिलो खेल नोभेम्बर २० तारिखमा आयोजक थाईल्याण्ड विरुद्ध खेल्नेछ । त्यस्तै, दोस्रो खेलमा नेपालले नोभेम्बर २१ तारिखमा हङकङ विरुद्ध खेल्नेछ । तेस्रो खेलमा २३ तारिखमा युएईसँग प्रतिस्पर्धा गर्ने नेपालले आफ्नो अन्तिम खेल चीनसँग नोभेम्बर २६ मा खेल्नेछ ।
राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको पहिलो र दोस्रो हुने टिमले फाइनल खेल खेल्नेछ । उपाधि विजेता टोलीले आगामी बर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छ ।


