Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नं. ३ बाट उम्मेद्वारी दर्ता गराएका छन् ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र एमालेको संयुक्त जुलुससहित जिल्ला निर्वाचन कार्यालय चितवन पुगी दिउँसो करिब २ बजेतीर उम्मेदवारी दर्ता गराएका हुन । अध्यक्ष प्रचण्डको प्रस्तावकमा माओवादी केन्द्रका नेता अमिक शेरचन र समर्थकमा एमाले नेता रामजी सापकोटा रहेका थिए ।

त्यस्तै चितवन क्षेत्र नं. १ बाट पूर्वमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं. २ बाट पूर्वसांसद एवं एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेलले उम्मेद्वारी दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.