Breaking News.... EverestOnlineKhabar
June 27, 2026

चितवनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनः प्रचण्डबिरुद्ध विक्रम पाण्डे

Loading

भरतपुर,१६ कार्तिक ।
कांग्रेसले चितवनको ३ वटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । उम्मेदवारको टुंगो लागेसँगै काठमाडौं रहेका कांग्रेस सभापति सहितको टोली आज मनोनयन दर्ताकालागि जिल्ला फर्किएका छन् । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि राजेन्द्र बुर्लाकोटीलाई अघि सारिएको छ । उनी यसअघिको संविधानसभा निर्वाचनमा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए ।
त्यस्तै क्षेत्र नम्बर २ मा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी उम्मेदवार भएका छन् । क्षेत्र नम्बर ३ मा भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (लोकतान्त्रिक)का केन्द्रीय उपाध्यक्ष एवं वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेलाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (क) मा धनबहादुर गुरुङ, (ख) मा उत्तम आचार्य, क्षेत्र नम्बर २ को (क) मा पार्टी सभापति जीतनारायण श्रेष्ठ, (ख) मा प्रकाश अधिकारी छन् । स्थानीय तहमा कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा टिकट पाएर पार्टीले उम्मेदवारी फिर्ता गराएका दिनेश कोइरालाले प्रदेशसभा तर्फ टिकट पाएका छन् । उनलाई क्षेत्र नम्बर ३ को (क) बाट पार्टीले उम्मेदवार बनाएको हो । त्यस्तै उक्त क्षेत्रको (ख) बाट साजनकुमार महतो उम्मेदवार बनेको कांग्रेसले जनाएको छ ।
उता वाम गठबन्धनबाट क्षेत्र नम्बर १ मा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, क्षेत्र नम्बर २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बनेका छन् । उता एमालेले प्रदेशतर्फ पाएको ४ वटा सिटमा उम्मेदवारी टुंगो लगाएको छ ।
जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलका अनुसार क्षेत्र नम्बर १ (क) मा दावा लामा, (ख) मा कृष्ण खनाल ,२ (ख) मा विजय सुवेदी र ३ (क) मा कृष्ण भुर्तेल छन् । माओवादी केन्द्रले पाएको २ को (क) र ३ को (ख) मा उम्मेदवार अझै टुंग्याउन सकेको छैन । मनोनयन दर्ताकालागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार साँझ गृह जिल्ला आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.