Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौ,१६ कार्तिक ।
दोस्रो चरणको चुनावका लागि सबै दलका शीर्ष नेताहरुले मनोनयन दर्ता गर्दैछन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापालगायत शीर्ष नेता र दोस्रो तहका धेरै नेताले आज उम्मेदवारी दिँदैछन् ।
कांग्रेस सभापति देउवा डडेल्धुरा, रामचन्द्र पौडेल तनहुँ १, विमलेन्द्र निधि धनुषा ३, प्रकाशमान सिंह काठमाडौं १, कृष्णप्रसाद सिटौला झापा ३, शशांक कोइराला नवलपरासी १, गगन थापा काठमाडौं ४, रमेश लेखक कञ्चनपुर ३ र एनपी साउद कञ्चनपुर २ बाट उम्मेदवारी दिँदैछन् ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५, माधव नेपाल काठमाडौं २, झलनाथ खनाल इलाम १, वामदेव गौतम बर्दिया १, भीम रावल अछाम १, सुवास नेम्वाङ इलाम २, ईश्वर पोखरेल काठमाडौं ५, विष्णु पौडेल रुपन्देही २ र सुरेन्द्र पाण्डेले चितवन १ बाट उम्मेदवारी दिँदैछन् । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डले चितवन ३, कृष्णबहादुर महरा दाङ २, पम्फा भुसाल ललितपुर ३, गिरिराजमणि पोखरेल महोत्तरी १ र राम कार्की झापा १ बाट उम्मेदवार बन्दैछन् ।
यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी २, राजपाका संयोजक महन्थ ठाकुर महोत्तरी, राजेन्द्र महतो धनुषा३ , महेन्द्र राय यादव सर्लाही, शरतसिंह भण्डारी सर्लाही, अनिलकुमार झा रौतहट र राजकिशोर यादवले सिराहाबाट उम्मेदवारी दिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.