Breaking News.... EverestOnlineKhabar
October 2, 2026

उत्तर कोरियालाई अमेरिका, दक्षिण कोरिया र जापानको अर्को चेतावनी

Loading

बिबिसि । अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीहरुले परमाणु अस्त्र निर्माण गर्ने ‘विध्वंसात्मक र लापरवाहपूर्ण बाटो’ देखि टाढै बस्न उत्तर कोरियालाई पुनः चेतावनी दिएका छन ।

हवाईस्थित अमेरिकी प्यासिफिक कमाण्डको मुख्यालयमा आइतवार वार्ता गरेपछि तीन देशका अधिकारीहरुले संयुक्त रुपमा प्योङयाङलाई यस्तो चेतावनी दिएका हुन । वार्तामा उनीहरुले प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमबारे छलफल गरेको बताइएको छ ।
अमेरिकी सेनाद्वारा जारी एउटा वक्तव्यमा उत्तर कोरियालाई ’गैरजिम्मेवारपूर्ण उक्साउने गतिविधिदेखि पर बस्न’ आग्रह गरिएको उल्लेख छ । केही दिनअघि मात्रै अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले परमाणु शक्ति सम्पन्न उत्तर कोरिया कहिल्यै स्वीकार नगर्ने बताएका थिए ।

त्यसअघि एकजना उत्तर कोरियाकी कूटनीतिज्ञ च्वे सनहीले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न राष्ट्रका रुपमा स्वीकार्न अमेरिका ’तयार हुनुपर्ने’ बताएकी थिइन् ।

प्योङयाङले पछिल्लो समय लगातार क्षेप्यास्त्र तथा पारमाणविक परीक्षणहरु गर्न थालेपछि कोरियाली प्रायद्वीपमा तनाव बढेको हो । प्योङयाङको क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङअन व्यक्तिगत रुपमा आरोपप्रत्यारोपमा संलग्न हुँदै आएका छन् ।

हालै उत्तर कोरियालाई ‘नष्ट गरिदिने’ चेतावनी दिएका ट्रम्पले किम जङ अनलाई ‘आत्मघाती अभियानमा लागेका क्षेप्यास्त्र मान्छे’ भनेका थिए । जवाफमा किम जङअनले ट्रम्पले संयुक्त राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको ’कुकुरको आवाज’ को संज्ञा दिएका थिए ।
ट्रम्पले आफ्ना विदेशमन्त्री रेक्स टिलर्सनलाई उत्तर कोरियासँग वार्ता गर्ने प्रयासमा समय खेर नफाल्न सुझाव समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed