Breaking News.... EverestOnlineKhabar
October 2, 2026

गुल्मीदरबारमा माइक्रोबस दुर्घटना, ९ जनाको मृत्यु, उदयपुरमा जीप दुर्घटनाहुँदा ८ जनाको ज्यान गयो

Loading

गुल्मी । बुटवलबाट गुल्मीको तम्घास गैरहेको माइक्रोबस गुल्मीजिल्लाको गुल्मीदरबार गाउँपालिका ४ मा दुर्घटनाहुँदा ९ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन ।

वुटवलबाट तम्घासकाका लागि छुटेको बा ४ख ५५०१ नं. को गाडी भीरबाट करीब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । अर्काे गाडीसँग ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

उदयपुरमा भएको जीप दुर्घटनामा ८  जनाको मृत्यु
उता, उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको जीप दुर्घटनाहुँदा ८  जनाको मृत्यु भएको छ । कटारीबाट १० जना यात्रु बोकेर ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बर टाटा सुमो कटारी ११ मा पर्ने सिद्धिचरण राजमार्गको ठाँटी भन्ज्याङ खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । स्थानीय बासिन्दाले जीप सडकबाट करिब चार सय मिटर तल खसेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed