Breaking News.... EverestOnlineKhabar
October 2, 2026

चार वर्षीय बेलायती राजकुमार जर्ज आइएसको‘हिट लिस्ट’ मा ?

Loading

एजेन्सी,१३ कार्तिक ।
चार वर्षीय बेलायती राजकुमार जर्जलाई आतंककारी संगठन आइएसआइएसबाट धम्की आएको छ । राजकुमार जर्ज राजकुमार विलियम र राजकुमारी केटका छोरा हुनुहुन्छ ।
बेलायती सञ्चारमाध्यमले जनाए अनुसार टेलिग्राममा आइएसले राजकुमार जर्जको तस्बिर सार्वजनिक गरेको छ । बेलायती सञ्चार माध्यमले राजकुमार जर्जको नाम आइएसको हिट लिस्टमा रहेको जनाएका छन् । राजकुमार जर्ज भर्खरै मात्र विद्यालय जान लागेका छन् ।
बेलायतको पत्रिका‘स्टार सन्डे’ का अनुसार इस्लामिक स्टेटले सामाजिक सञ्जालमा राजकुमार जर्जको तस्बिर सार्वजनिक गर्दै लेखेको छ,‘स्कूल स्टार्ट्स अर्ली ।’ सन् २०१५ मा आइएसले बेलायती महारानीको ज्यान लिने धम्की दिएको थियो । पछिल्लो महिना मात्रै राजकुमार ह्यारीलाई आइएसले धम्की दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed