![]()
एजेन्सी,१३ कार्तिक ।
कुनै समय बार्सिलोना फुटबल क्लबमा एमएसएन र रियल मड्रिडमा बिबिसी उपमा दिएर केही खेलाडीको चर्चा हुने गथ्र्यो । एमएसएन अथार्त मेसी, स्वारेज र नेइमार बार्सिलोनाका अट्याकिङ ट्रायोका रुपमा परिचित थिए भने रियलमा बेल, बेन्जेमा र क्रिस्टियानो रोनाल्डोको समूह त्यस्तै थियो ।
२२२ मिलियन युरोको कीर्तिमानी रकममा फ्रेन्च क्लब पिएसजी गएका नेइमारले बार्सिलोनामा मेसी, स्वारेज र पिकेलाई भेटेका छन् ।
फ्रेन्च लिग‘लिग वान’ खेलिरहेका नेइमार मार्सेलीसँगको खेलमा रातो कार्ड पाएका थिए । उनलाई एक खेलको प्रतिबन्ध लागेको छ । त्यसैले उनी बार्सिलोनाको भ्रमणमा निस्केका छन् ।
नेइमार तथा मेसी स्वारेजको भेटका बारेमा बार्सिलोना र नेइमार आफैलै इन्स्टाग्राममा फोटो पोस्ट गर्दै जानकारी दिएका छन् । नेइमारले फोटोको क्याप्सन लेखेका छन्ः‘यस्ता दिन थिए, मैले मेसी र स्वारेजसँग समाचार सेयर गरिरहेको हुन्थेँ । फेरि भेट्न पाउँदा खुशी लाग्यो ब्रदर ।’


