Breaking News.... EverestOnlineKhabar
August 15, 2026

महन्थलाई २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैन, प्रदेशको निर्वाचनपछि निर्णय हुन्छ : उपेन्द्र यादव

Loading

मोरङ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको स्पष्ट पारेका छन ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले प्रदेशको निर्वाचनपछि मात्रै प्रदेश नं २ मा को मुख्यमन्त्रीका विषयमा टुंगो लाग्ने बताएका हुन । अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिलेकाले संयुक्त मोर्चा गठन हुन नसकेको बताए । उनले काँग्रेस लचिलो भए चुनावी तालमेल गर्न आफू तयार रहेको जानकारी दिए ।

उनले प्रदेश नं २ मा राजपालाई संघीय सदस्यमा १५ र प्रदेशमा ३१ स्थान छाड्नेसहमति पार्टीमा भएको जानकारी दिँदै नेपाली काँग्रेससँग पनि चुनावी सहकार्य भएमा स्थान घटबढ हुने बताए । नेता यादवले संविधानको पुनःलेखन र संविधान संशोधनको माग पार्टीले नछाडेको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.